नवलपरासीको त्रिवेणीधाममा रहेको शिवलिङ्गको मूर्तिले जल पिएको भन्दै सो दृश्य हेर्न शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ।

मङ्गलबार बिहान मन्दिरमा रहेको शिवलिङ्गको मूर्तिले  एकाएक जल पिएको प्रत्यक्षदर्शीको भनाइ छ। मूर्तिले जल पिएपछि अहिले त्रिवेणीधाममा हजारौ दर्शनार्थीको घुइँचो लागेको छ।

चम्चामा पानी राखेर मूर्तिको मुखमा छुवाउँदा शिवलिङ्गका मूर्तिले पानी खाने गरेको प्रत्यक्षदर्शीको भनाइ छ। पानी मुखमा छुवाउँदा भाँडो रित्तिने गरेको छ। मूर्तिले पानी आफसेआप मुखले तानेर खाने गरेको प्रत्यक्षदर्शीको दाबी छ।

यसरी शिवलिङ्गका मूर्तिले जल पिएपछि वास्तवमै यो सत्य हो वा होइन भनेर हेर्न अहिले नेपाल र भारतका विभिन्न स्थानबाट यहाँ दर्शनार्थीको घुइँचो लागेको हो। तर मूर्तिले जल पिएपछि अफैमा अचम्मको विषय बनेको स्थानीयवासी उपेन्द्रकुमार जोशीले बताए।

केही वर्ष पहिले गणेशको मूर्तिले दूध पिएको भन्दै काठमाडौँका गणेश मन्दिरमा पनि यस्तै घुइँचो लागेको थियो। रासस
 
Top