चितवन, असोज ३०, पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको टिकौली जंगल सडक खण्डमा आज विहान एउटा चितुवाको मृत्यु भएको छ । अन्दाजी ५०/५५ केजीको सो चितुवालाई भरतपुर–१२ स्थित जंगल सडकमा गाडीले ठक्कर दिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितुवालाई अहिले शसस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा राखिएको छ । जंगलको बीचमा राजमार्ग हुँदा सवारी साधनको ठक्करबाट पटक–पटक वन्यजन्तुको मृत्यु हुने गरेको छ । केही महिनाअघि पनि सोही सडक खण्डमा गाडीको ठक्करबाट चित्तलको मृत्यु भएको थियो ।
 
Top