मलेशिया - ९ अक्टुबर २०१४ बिहिबार



रोजगारको सिलसिलामा मलेसियाको जोहोरवारु स्थित
एमि कम्पनीमा कार्यरत चित्रवाहादुर थापाको आज विहान
करिव ६ :०० वजे असामायिक निधन भएको छ । एमी मा
कार्यरत चित्रको नेपाल वाग्लुंग जिल्ला वाडाचौर गाविसको हुनुहुन्छ ।
हिजो वेलुका खाना खाएर सुतेका चित्र बहादुर थापा कहिले
नबिउझिने गरि निदाए । बिगत चार वर्ष पहिला मलेशिया
आएका चित्र बहादुर थापा मोडल इन्टरप्राईजेज मार्फत मलेसिया
आएका थिए । मलेसियाको जोहोर बारू राज्यमा रहेको सेनाई
स्थित मुर्निमा रहेको Morden Icons सप्लाएर कम्पनि
सम्पर्कमा रहि काम गरिरहेका थिए । अहिले उनको सबलाई
पुलिस रिपोर्टको लागि अस्पतालमा राखिएको छ ।
मृतक थापाको घरमा श्रीमति छोरा र छोरी रहेको जानकारी आएको छ ।
साथै मृतक शरिरलाई नेपाल पठाउने तयारी भै रहेको कम्पनीमा कार्यरत
साथीहरुले बताईएको छ ।
 
Top