नेपाली क्रिकेट टोली श्रीलङ्का जाने
आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको तयारीमा जुटीरहेको नेपाली क्रिकेट टोली अभ्यास खेल खेल्नका लागि श्रीलङ्का जाने भएको छ ।
आगामी कात्तिक ६ गतेदेखि मलेसियामा सञ्चालन हुने उक्त प्रतियोगिताको तयारीको लागि १८ सदस्यीय नेपाली टोली यही असोज २६ गते आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का कार्यबाहक महासचिव उत्तम कर्माचार्यले जानकारी दिनुभयो ।
श्रीलङकामा नेपाली टोलीले त्यहीको शीर्ष स्थानमा रहेका तीन क्लबसँग अभ्यास खेल खेल्ने तय भएको महासचिव कर्माचार्यले बताउनुभयो ।
डिभिजन थ्रीमा नेपालले युगान्डासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै दोस्रो खेल कात्तिक ७ गते बर्मुडा, तेस्रो खेल ९ गते सिङ्गापुर र चौँथो खेल १० गते अमेरिकासँग खेल्ने तय भएको छ । त्यस्तै पाँचौ तथा अन्तिम खेल कात्तिक १२ गते नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने दुई टोली डिभिजन टुमा बढुवा हुनेछन् । डिभिजन टुको प्रतियोगिता भने आगामी माघ महिनामा नाबियामा हुनेछ ।
उक्त टोली श्रीलङ्कका अभ्यास खेल सकिए लगत्तै डिभिजन थ्रीका लागि सिधैँ मलेसिया प्रस्थान गर्ने क्यानले जनाएको छ ।
- See more at: http://www.nepaljapan.com/2014/10/09/134461/#sthash.bPWsIY2X.dpuf
