चितवनमा बाघले फेरी लियो ज्यान
चितवन,असोज २५-पश्चिम चितवनको गुञ्जानगरमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । चित्रबन नगरपालिका ११ मा रहेको मझुवा सामुदायिक बनमा बाघको आक्रमण बाट बन रक्षक आश वहादुर तामाङको ज्यान गएको हो।दिउसो करिव ३ वजेको समयमा वाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय चनौलीका सहि एक वहादुर क्षेत्रीले जानाकारी दिनुभयो ।
केहि दिन अघि मात्रै पश्चिम चितवनको दिव्यनगरमा बाघको आक्रमणबाट स्थानिय शुकराम बोटेको ज्यान गएको थियो । चितवनका विभिन्न सामुदायिक वनमा गैँडा र बाघको बासस्थान बढ्दै गएकाले पछिल्लो समयमा सामुदायिक वन आसपासमा समेत मानिसमाथि वन्यजन्तुको आक्रमण बढ्दै गएको छ।गैँडा, बाघ र हात्तीको आक्रमणमा बढी मानिसको ज्यान जाने गरेको छ।
