remotedroid intall


लाई सँधै एउटा कुराले हैरान पार्थ्यो, कम्प्युटर चलाउँनलाई सँधै कम्प्युटर अगाडी नै बसिरहनु पर्ने । साना भन्दा साना कुरा चलाउँनु पर्यो कि पर बसिरहेको मानिस एक पटक कम्प्युटर छेउ आउँनै पर्ने । मानौं, तपाई किचनमा ल्यापटपमा गीत सुन्दै खाना बनाउँदै हुनुहुन्छ, अब गीत अर्को सुन्न मन लाग्यो, के गर्ने ? एकैछिन भएपनि किचनको काम त छोड्नै पर्यो । सम्झनुस् त, मोबाइलबाटै ल्यापटपको गीत फेर्न पाए कति रमाइलो हुन्थ्यो ? पक्कै सजिलो हुन्छ नि । सुन्दै गजब लाग्ने कुरा बिना पैसामा गर्न सकिन्छ, त्यो पनि अति सजिलै तरिकाले । आज यही कुरा लेख्दैछु, हेर्नुहोस् है

रिमोटड्रोइड (RemoteDroid) को प्रयोग गरेर तपाईले आफ्नो मोबाइललाई सजिलै माउस बनाउँन सक्नु हुन्छ । तर यो सफ्टवेयरले गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टम भएको मोबाइल वा ट्याबमा मात्र गर्छ । यसैले तपाईसँग एन्ड्रोइड मोबाइल छ अनि मोबाइललाई माउस बनाउँन चाहनुहुन्छ भने तलका स्टेपहरु पुरा गर्नुस्,

१. सबैभन्दा पहिले आफ्नो एन्ड्रोइड मोबाइलमा रिमोटड्रोइड (RemoteDroid) सफ्टवेयर इन्स्टल गर्नुहोस्, (यहाँ क्लिक गरेर)

२. मोबाइलमा रिमोटड्रोइड (RemoteDroid) ओपन गर्दा एउटा बाकस आउँछ जसमा तपाईले कम्प्युटरको आइपी एड्रेस राख्नु पर्ने हुन्छ । कम्प्युटरको आइपी एड्रेस थाहा पाउँनु पहिले कम्प्युटरमा रिमोटड्रोइड (RemoteDroid) डाउनलोड गर्नुहोस्, यहाँ क्लिक गरेर

३. माथि दोस्रो बुँदामा दिएको लिंकबाट जिप फाइल डाउनलोड हुन्छ, जसलाई ओपन गर्दा RemoteDroidServer.jar नामको फाइल देखिन्छ । त्यसलाई ओपन गर्नुहोस्, त्यसमा तपाईको कम्प्युटरको आइपी एड्रेस देखिन्छ । सो आइपी एड्रेसलाई मोबाइलको बाकसमा लेख्नुहोस् । यो फाइललाई डेस्कटपमा राख्नुहोस् र जति बेला मोबाइललाई माउसको रुपमा प्रयोग गर्न चाहनु हुन्छ, यो RemoteDroidServer.jar लाई कम्प्युटरमा ओपन गरेको हुनु पर्छ ।

४. अब कनेक्ट (Connect ) गर्नुहोस् । तपाईको मोबाइल अब कम्प्युटरको ल्यापटपको काम गर्न थाल्छ ।




 
Top