sisu_sabउदयपुरको त्रियुगामा बुधबार बिहान पानीमा तैरिरहेको अवस्थामा एक शिशुको शव फेला परेको छ ।
त्रियुगा नगरपालिका २ गाईघाट बजारको त्रियुगा पुल छेउको ओडारभित्र पानीमा तैरिरहेको अवस्थामा नालसहित उक्त शव बेवारिसे अवस्थामा फेला परेको हो ।
नदीमा जाल हान्दै माछा मार्दै हिडेकाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जन्मनासाथ हत्या गरी नालसहित दुईतीन दिन अगाडी नै फालेकोे जस्तो देखिएको शिशुको शव गन्हाउन थालेको छ । शिशुको टाउकोको भाग सेतो प्लाष्टिकले बाँधेको प्रहरीले जनाएको छ ।

 
Top