काठमाण्डौ । बीबीसीको साझा सबालमा प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको अभिव्यक्ति र प्रस्तुतीलाइ लिएर विभिन्न टिकाटिप्पणी भइरहेको छन् । आजको घटना र विचार साप्ताहकिमा खबर छ। कायक्रममा सहभागीले प्रधानमन्त्रीलाई गरेको अपमानपूर्ण व्यवहार र प्रधानमन्त्रीको अनुत्तरदायी जवाफपछि नेपालीबीच विश्वव्यापी रुपमै अहिले प्रधानमन्त्रीलाई उक्त कार्यक्रममा अन्तर्वार्ता दिनका लागि सल्लाह दिने को होलान् भन्ने जिज्ञासा पैदा भएको छ ।
प्रधानमन्त्रीले आफ्नो प्रेस सल्लाहकार वा संयोजक नराखिसकेको अवस्थामा ‘साझा सवाल’ ले कोसँग संयोजन गरेर उक्त कार्यक्रममा प्रधानमन्त्रीलाई राख्न सफल भयो आमचासोको विषय बनेको छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्रीको अन्तर्वार्ताको लागि साझा सवालले उहाँकी पत्नी सांसद आरजु राणा देउवा मार्फत प्रस्ताव गरेको थियो । आरजुले उहाँ मिडियामा त्यति आउन चाहने मान्छे त होइन, तर म कन्भिस गर्छु भनेर बीबीसी साझा सवाललाई वचन दिनुभएको र सोहीअनुरुप समय तोकिएको बुझिएको छ ।
