मलेशियाको जोहोर बाहरू सहर स्थित अवस्थित ATA Industrial (M)Sdn.bhd मा आज बिहान प्रहरी द्वारा छापा मार्दा गैरकानूनी रुपमा कार्यरत पक्राउ नेपाली सहित बंगलादेशि र इण्डोनेसियन कामदारहरु ठूलो संख्यामा पक्राउ परेका छन् ।
प्राप्त जानकारी अनुसार त्यहाँ सयौं नेपाली अबैध रुपमा काम गरि बस्दै आएका थिए । यस अगि मलेसियन सरकारले मलेसिया छोड्ने दिएको समयको समेत व्यवास्ता गर्ने कामदारहरु एकै पटक ठुलो संख्यामा पक्राउ परेका छन् ।
जानकारी अनुसार
अब मलेसियन सरकारले देशको कानुन अनुसार निश्चित समय जेल राखेर स्वदेश फिर्ता गर्नेछ ।


