गत वैशाख २० गते नारायणगढको लायन्सचोकबाट ना४ख ७६३० नंको ट्रकबाट बरामद गरिएको १२६ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेसका मुख्य कारोबारीलाई प्रहरीले आज सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार पर्सा जिल्ला, कौवावन कटैया गाउँपालिका – ७ का ३२ वर्षीय आजाद भनिने ओसिम महम्मद अन्सारीलाई सार्वजनिक गरेको हो ।
निजकै घरबाट नेपालमा चरेस खरिद गरी बिक्रीका लागि भारत लैजाँदै गर्दा यही असार १५ गते प्रहरीले पक्राउ गरेको हो । सो चरेस धादिङबाट ल्याइएको थियो ।
