चितवन, असार २१ – संरक्षित वन्यजन्तुको आवतजावत हुने क्षेत्र चितवनको टिकौलीस्थित जैविकमार्गमा जथाभावी सवारीसाधन रोक्ने चालक अब कारबाहीमा पर्ने भएका छन् । जथाभावी फोहर फाल्ने, गाडी रोक्ने र वन्यजन्तुको सुरक्षामा हेल्चेक्र्याई गर्नेलाई जरिवानादेखि मुद्दा चलाउनेसम्मको कारबाही गर्ने निर्णय भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो ।

 
Top