काठमाडौँ : बालाजुको डान्सबारबाट प्रहरीले १९८ किशोरकिशोरीलाई नियन्त्रणमा लिएको छ।  बालाजुस्थित  हिमालय डान्सबारमा आज दिउँसो मादक पदार्थका साथै नशालु पदार्थसमेत सेवन गरेर होहल्ला गरेको अवस्था महानगरीय प्रहरी वृत्त बालाजुको टोलीले नियन्त्रणमा लिएको वृत्तका प्रमुख डिएसपी सन्तोष तामाङले पहिलोपोस्टलाई जानकारी दिए।



नियन्त्रणमा लिइएकाहरुमा ४० किशोरी र १५८ किशोर रहेका छन्।  डिएसपी तामाङले भने, 'धेरै जना कक्षा आठदेखि प्लस्ट टु पढ्ने छन्।' उनीहरुलाई परिवारका सदस्य बोलाएर सम्झाई बुझाई जिम्मा लगाइने उनले बताए।

 
Top