असार १८ गते डेंगो रोग नियन्त्रणका लागि आईतवार आजदेखी रत्ननगरमा लामखुट्टेको वासस्थान खोजी गरी लार्भा गर्ने अभियान सुरु भएको छ । गत वर्षको जस्तै महामारीको रुपबाट वच्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालय चितवन र वकुलहर रत्ननगर अस्पतालको सयुक्त आयोजनामा अभियानको सुरुवात गरिएको हो । गत वर्ष सवैभन्दा धेरै रत्ननगरमा डेंगोको विरामी भेटिएका थिए ।



>p>त्यो वेला रत्ननगरमा ४ सय ८२ जनामा डेंगो लागेको थियो । फेरी पनि त्यस्तै घटना नहोस भन्नका लागि आईतवारदेखी मंगलवार सम्म अभियान संचालन गरेर लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने काम सुरु गरिएको हो । घरदैलो गरी वासस्थान र लार्भा नष्ट गर्दै जाँदा रत्ननगर नगरपालिकाको कार्यालय भित्र पनि डेंगो गराउने लामखुट्टेको लार्भा भेटिएको छ । नगरपालिका परिसरमा रहेको टायर ,मसला घोल्ने मिक्सर र ट्रलीमा जमेको पानीमा लार्भा भेटिएको अभियानमा खटिएकी स्वयम सेविका मिना पौडेलले जानकारी दिईन् । लामखुट्टेको लार्भा भेटिएपछि त्यहाँ सरसफाई गरिएको छ । वातावरणमैत्री नगर तर्फ उन्मुख रत्ननगर नगरपालिका कार्यालय परिषर भित्रै डेंगो गराउने लामखुट्टे र लार्भा भेटिनु लज्जाको विषय हो । रत्ननगर १ को सौराहा चोकदेखी वकुलहर हरिहर मन्दिर नजिक सम्म कवि ५० वटा घरमा गरिएको अनुगमनका क्रममा १० घरमा लामखुट्टेको लार्भा भेटिएको अर्की स्वयम सेविका ज्ञानु रेग्मीले वताईन् । रत्ननगर १ संगै २,३,४,९,१०,१२ र १३ मा एकै साथ अभियान सुरु गरिएको छ । त्यस्तै खैरहनी नगरपालिकाको वजार क्षेत्रमा पनि लामखुट्टेको वासस्थान र लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरिएको छ । डेंगो रोग नियन्त्रणका लागि प्रमुख उपाय लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्नुनै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केशीले वताए ।

 
Top