असार २० – नारायणगढ- मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका-६ कालिखोला नजिकै मंगलबार दिउँसो पहिरो जाँदा सडक अबरुद्ध भएको छ । दिउँसो साढे तीन बजे कालिखोला नजिक दुई स्थानमा पहिरो गई सडक अवरुद्ध भएको चितवन प्रहरीले जनाएको छ ।



 

अहिले पानि पर्न रोकिएको र माथिबाट पहिरो खसीरहेकोले पहिरो हटाउन नसकिएकोे हो । पहिरो खस्न रोकिदासाथ पहिरो हटाएर सडक सूचारु गरिने प्रहरीले जनाएको छ । अहिलेलाइ वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अाग्रह गरेको छ ।

 
Top