चितवन,असार १७ – हिजो विहान देखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड साढे ३४ घण्टा पछि आज साझ ६ : ३० बाट खुलेको छ । पाँचवटा स्काभेटर प्रयोग गरी आज विहान साढे ५ वजे देखि पहिरो पन्छाउने काम शुरुभएको थियो । दुवै तर्फको सवारी साधन खुलाए पनि गन्तव्यमा पुग्न अझै केही घण्टा लाग्ने जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।
अवरुद्ध हजारौ सवारी साधनहरु आफ्नो गन्तव्य तिर गईरहेका छन् । हिजो बिहान सवा ८ बजे कालीखोला नजिकै ठूलो पहिरो खसेको थियो । पहिरोको कारण सडक अवरुद्ध बनेको थियो । सडक अवरुद्ध हुँदा कयौं सवारी साधन बीचबाटोमै रोकिँदा यात्रु अलपत्र परेका थिए ।
