पुर्वी चितवनको जमुनापुरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
रत्ननगर । पूर्वीचितवनको रत्ननगर–११ जमुनापुरमा ट्रकको ठक्करबाट सोमबार बिहान एक जनाको मृत्यु भएको छ ।
टाँडीबाट जिरौनातर्र्फ जाँदै गरेको ना २ ख ४९७१ नम्बरको पराल बोकेको ट्रकले सोही ठाउँ निवासी पैदलयात्री ४६ वर्षीय राजकुमार परियारलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको टा«फिक प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव निरीक्षक उमेश महतोले जानकारी दिए ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शबलाई पोष्टमार्टमका लागि सरकारी अस्पतालमा राखिएको छ ।
