चितवन, २३ मंसिर । पर्यटकीय नगरी सौराहाबाट पर्यटकको नगदसहित सामान चोरी गरी फरार रहेका एक युवकलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
फ्रान्सेली नागरिक माहिलु एलिज ज्याकको नगद र सामान चोरी गर्ने खैरहनी–७ जमौलीका १६ बर्षीय विपीन परियारलाई प्रहरीले पक्राउ गरेको हो । नेपाल सिर्जनशील बाल संरक्षण केन्द्र बछौलीमा सहयोगीको रुपमा फ्रान्सबाट आएकी ज्याकको परियारले मंगलबार नगद १० हजारसहित सामान भएको झोला बछौलीबाट चोरी गरेका थिए । परियारले ती पर्यटको १० हजारसहित क्यामरा १ थान, मोबाइल, राहादानी, क्रेडिट कार्ड र लाइसेन्स भएको झोला चोरेर फरार भएका थिए ।toursit-policeबछौली प्रहरी चोकीका प्रमुख दुर्गाबहादुर कुँवरको टोलीले परियारलाई बुधबार सौराहाबाट पक्राउ गरेको हो । चोरी गरिएको पैसा र सामान बरामद गरी प्रहरीले ज्याकलाई हस्तान्तरण गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकार र प्रहरी निरीक्षक मधु नेपालले ज्याकलाई नगदसहित सामग्री हस्तान्तरण गरेका थिए । चोरी भएको राहदानी सहितको महत्वपूर्ण सामानहरु खोजिगरी बुझाएर उदारहणीय काम गरेको भन्दै बाल संरक्षण केन्द्रका सञ्चलक र पर्यटकले बछौली प्रहरी चोकीका प्रमुख दुर्गाबहादुर कुँवरलाई प्रहरी कार्यालयमै सम्मान गरेका थिए ।

साभार : सौराहा अनलाईन 
 
Top