अचम्मको घटना , भरतपुर अस्पतालमा दस केजीको बच्चा जन्मियो
भरतपुर । शुक्रबार भरतपुर अस्पतालमा दश किलो तौल भएको शिशुको जन्म भएको छ । भारत रक्सौल घर भएकी ४० वर्षीया नसिमा खातुनले बिहान १० बजे अस्पतालमा पाँचौ सन्तानका रुपमा १० किलोकोे तौल रहेको छोरालाई जन्म दिएकी हुन् । शल्यक्रियामार्फत् सो बच्चाको जन्म गराइएको अस्पतालले जनाएको छ । हाल आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ । अनौठो बच्चा हेर्न अस्पतालमा भीड लागेको थियो । तस्बिर : गोविन्द अर्याल
