चितवनमा घन्कियो नारा आर्य घाटले के भन्छ,प्रचन्डलाईले भन्छ
मंसिर २२ – संबिधान संशोधन प्रस्तावको विरोधमा चितवनामा आज पनि बिरोध प्रदर्शन भएको छ । चितनवनको चौबीस कोठी भरतपुरबाट सुरु भएको विरोध जुलुसमा सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले सरकारले पेस गरेको संविधान संशोधन प्रस्ताव देशको आवश्यकता नभएको भन्दै अनेरास्बबियु जिल्ला कमिटी चितवन र युवा सँघ जिल्ला कमिटीले नाङ्गो जुलुसको प्रदर्शन गरेका हुन ।
संविधान संशोधनको प्रस्ताव फिर्ता नलिगे सम्म अनेरास्बबियु जिल्ला कमिटी चितवन र युवा सँघ जिल्ला कमिटीले बिरोध प्रदर्शन गर्न नछाड्ने अनेरास्बबियु जिल्ला कमिटी चितवनका आध्यक्ष देब पाठकले बताएका छन ।
‘संशोधन प्रस्ताव खारेज गर, जनताको इच्छा अनुसार काम गर, विदेशी प्रभुको दास नबन्, प्रधानमन्त्री तिमी नेपालका हौ कि भारतीय राजदूताका छायाँ ? सक्छौ देशका लागि नसके विदेशका लागि काम नगर, संशोधन प्रस्ताव फिर्ता गर्न नसके राजिनामा देऊ,आर्य घाटले के भन्छ,प्रचन्डलाईले भन्छ जस्ता नाराहरु सयौंको संख्यामा रहेका प्रदर्शनकारीहरु लगाएका थिए ।
