ठोरीमा यहि साता बिजुली बल्दै
भरतपुर,२३ मंसिर ।
चितवनसँग जोडिएको पर्सा ठोरीमा यहि साता बिजुली बल्ने भएको छ । ठोरी गाविसमा करिव एक दशक पछि बिजुली बल्न लागेको हो । भारतमा रहेको गोर्खा कल्याणकारी कोषको सहयोगमा भारतीय दुतावास मार्फत हेटौंडामा रहेको जनमुखी कन्ट्रशनले २०६२÷६३ मा निर्मलबस्ती र ठोरीका लागी विद्युत परियोजना सुरु गरेको थियो ।
करिव पन्ध्र सय घरधुरि रहेको ठोरीमा सबै वडामा पोल र तार पु¥याउने काम तीव्र भईरहेको छ । विद्युत प्राधिकरणले ठोरीमा रहेका ट्रासफर्मर, तार ,पोलको अवस्था बुझ्न प्रविधिक टोली स्थलगतरुपमै खटाएको छ । प्राविधिको सल्लाह अनुसार विद्युत सेवा सुचारु हुनेछ ।
बिजुली बल्ने भएपछि स्थानीय हरु हर्षित भएका छन् । स्थानीय एवंम पूर्व गाविस अध्यक्ष उद्धव सापकोटाले भने,“लामो समयदेखि पर्खाइमा बस्यौं, साना साना अवरोधले दश बर्ष बित्यो, अब आशावादी बनेका छौं ।”पर्साको सबै गाविससमा विद्युत सेवा पुगेपनि ठोरीमा भने वर्षौ देखी बिजुली बल्न सकेको थिएन ।
यसअघि भारतीय एसएसवी ले दशगजाबाट बिजुलीको पोल लगेको भन्दै अवरोध गर्दै आएको थियो । बिजुलीको पोललाई तीनसय मीटर माथिबाट ल्याईएको छ । परियोजनाको कामलाई दवाव दिन तीन वटा नया“ समिति समेत गठन भएको थियो ।
