कुलमानको समर्थनमा जनता सडकमा
काठमाडाैं- नक्कली फाइल खडा गरेर नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई हटाउने चलखेल भएको भन्दै राजधानी काठमाडौंमा शनिबार प्रर्दशन भएको छ ।
काठमाडौंको भृकुटीमण्डपबाट निस्केको जुलुस खुलामञ्चमा पुगेर सभामा परिणत भएको हो । उज्यालो अभियान नेपालले आयोजना प्रर्दशनमा ‘कुलमान जिन्दावाद’को नारा समेत लागेको थियो ।
प्रर्दशनमा सहभागीहरुले नेपालको झण्डा लिएका थिए । सभामा सांस्कृतिक कार्यक्रम समेत देखाइएको थियो ।
