संखुवासभा मत्स्यपोखरी गाविसका लाक्पा शेर्पाले केटाको रुपमा अजय जिमीको नाममा फोन गरी कुराकानी हुन थालेपछि यो घटना सुरुवात भएको देखिन्छ । फोनमै उनले आफू गाडी चलाउने भन्दै दैनिक रुपमा कुराकानी हुन थालेपछि उनीहरुको चिनजान भएको देन्खिन्छ ।

दैनिक रुपमा केटाको आवरणमा यमुना राई (नाम परिर्वतन)लाई फोन गरेपछि उनीहरुका बीचमा प्रेम सम्वन्ध सुरु हुन्छ। परिचय लुकाएर अजयको रुपमा रहेका शेर्पाले फोनपछि उनीसँग जीवन बिताउने योजना बनाउनँछन् । त्यसलाई सार्थक रुप दिन प्रेमिकाको सल्लाहमै अजय जिमी प्रेमिका भेट्न मोरङको उर्लाबारीबाट संखुवासभाको सेदुवा प्रेमिकको घर पुग्दछन् । प्रेमिका भेट्ने अजयले साथमा मामाका छोरा सागरलाई पनि साथै लगेका थिए।

 जबर्जस्ती करणी लोग्ने मानिसले स्वास्नी मानिसको विरुद्धमा गर्ने, गराउने र गर्न सक्ने अपराधको रुपमा राखेकोमा सच्चाउनु पर्ने सर्वोच्चको फैसलामा उल्लेख छ।
पूर्वनिर्धारित योजना अनुसार सेदुवा स्कुल पुगेपछि अजयले प्रेमिकालाई फोन गरी बोलाउँछन्। र उनीहरु यमुनाको मामाघर पुग्दछन् । सबैले रातिको खाना खाएपछि अजय र सागरका लागि अलग्गै सुत्ने व्यवस्था मिलाइन्छ । रातको अन्दाजी १० बजे घरधन्दा सकेर उनी सुत्ने तरखरमा रहेकी यमुनालाई मोबाइलमा म्यासेज आउँदछ। ‘एक छिन मसँग आऊ न, गफ गरौं,’ भन्ने म्यासेज आएपछि उनी प्रेमिलाई भेट्न उनको रुममा जान्छिन्। उनीहरु बीचमा विवाह गर्ने र आगामी जिन्दगी बिताउने विषयमा गफ हुन्छ।  गफकै क्रममा अजयले यमुनालाई  लिन आएको बिवाह गर्ने प्रस्ताव राख्दछन्। भागेर नभई घरबाट दिएमा आफू बिहे परीक्षापछि मात्र गर्ने कुरा उनले अजयलाई बताउँछिन् ।

परीक्षा सकेपछि विवाह गर्ने उनको सोचाइमा अजयले प्रतिरोध गर्दैनन् ।  अजयलेसँगै सुत्न उनलाई आग्रह गर्छन् । बिहे गर्ने सुरमा घरमा कुरा गर्न आएको प्रेमीले प्रस्ताव राखेपछि यमुनाले अस्वीकार गर्न सकिनन्। अजय र यमुनाबीच दुई पटक शारीरिक सम्वन्ध स्थापित हुन्छ र विहान ३ बजे उठेर उनी  आफ्नो ओछ्यानमा जान्छिन्। २०६७ फागुन २२ गते घरमा छोरी माग्न आएका आफन्तको बारेमा कुराकानी हुन थाल्छ।

त्यसक्रममा गाउँका बुद्धिमान राई, दिलबहादुर राई समेत आई अजयलाई घरपरिवार र पेसाबारे सोधपुछ गरी जानकारी लिने कार्य गर्छन्। तर, यमुनाकी छ्यामा (सानिमा) सुकमाया राईलाई अजयको जवाफ अप्राकृतिक लागिरहेको थियो। उनले अजय केटा मान्छे भएको प्रति प्रश्न उठाइन्। उपस्थित अरुले त्यसमा विश्वास गरेनन् । अन्ततः उनीहरु चिकित्सकीय छानबिन गर्ने निष्कर्षमा पुग्दछन् । तर अजय र सागरले उक्त केटी भएको कुरा इन्कार गर्छन् । अजयको शारीरिक परीक्षण गर्ने भन्दै घरगाउँलेले २०६७ फागुन २७ जिल्ला प्रहरी कार्यालय संखुवासभामा उजुरी दर्ता गराउँछन्। प्रेमिका यमुना नै जाहेरवाला हुँदै अजयको शारीरिक परिक्षण तथा जवरजस्ती करणी र वेचविखनमा उजुरी दर्ता गरियो। अजय भनिने लाक्पा शेर्पाले कृत्रिम लिंग प्रयोग गरी आफूमाथि बलात्कार (करणी) गरेको दाबी उनको उजुरीमा गरियो।

उजुरीमा अजय राईलाई चेक गर्दा पेन्टीमा नक्कली (कृत्रिम) लिंग समेत लुकाई राखेको अवस्थामा फेला परेको दाबी गरियो।  सोही लिंगबाट राति करणी भएको हुन सक्ने र नाम, थर, वतन समेत ढाँटी मलाई वेश्यावृतिमा लगाउने, शोषण गर्ने उद्देश्यले कार्य गरेको उजुरीमा भनियो।  जालसाज गरी प्रपञ्च मिलाई झुक्याई केटा हुँ भनी कँही कतै लगी बेचविखन गर्ने उद्देश्य रहेको हुँदा उल्लेखित प्रतिवादी अजय शेर्पा र निजका सहयोगी सागर शेर्पालाई पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अन्तर्गत हदैसम्मको सजाय गर्न यमुनाको उजुरीमा माग गरियो।

अनौठो जाहेरी आए पनि प्रहरीले अनुसन्धान अघि बढायो। प्रहरीले परिक्षण गराउँदा उनको जाहेरी सही  प्रमाणित भयो।  फोनबाट शुरु भएको चिनजान प्रेम हुँदै एकाएक नावालिका करणी महिलाले महिला नै गरेको प्रमाणित भयो ।
 जाहेरी अनुसार प्रहरीले अनुसन्धान गरी प्रारम्भिक प्रतिवेदन सरकारी वकिललाई पठायो। सरकारी वकिलको राय अनुसार लाक्पालाई जबर्जस्ती करणीसँगै मानव बेचबिखनमा पनि मुद्दा जिल्ला अदालत संखुवासभामा दर्ता गरियो। लाक्पाले प्रहरी र अदालतलाई तीन–चार महिनादेखि आफैँलाई प्रयोग गरिरहेको कृत्रिम लिंग प्रयोग गरेर सम्बन्ध राखेकी बयान दिए ।
 
Top