गैँडाकोट, १९ पुष ।
गैँडाकोट नगरपालिकाको आर्थिक वर्ष ०७४÷०७५ को निती, बजेट तथा कार्यक्रम आज सार्वजनिकीकरण गरिएको छ । गैँडाकोट नगरपालिकाको प्राङ्गढमा भएको तेस्रो नगर परिषद् कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले करिब २२ करोड बराबरको बजेट प्रस्तुत गर्नुभएको छ । उहाँले आर्थिक वर्ष ०७४÷०७५ का लागि जम्मा रु २१ करोड ६७ लाख ८४ हजारको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

उहाँले चालु खर्चतर्फ रु २ करोड ३६ लाख ६० हजार मात्र बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । पुँजीगत खर्चतर्फ शिर्षकगत अुनदान तर्फको रकम बाहेक आर्थिक वर्ष ०७४÷०७५ का लागि जम्मा रु ६ करोड ९८ लाख ४९ हजार बजेट प्रस्ताव गर्नुभएको थियो । लक्षित वर्गका लागि भने रु १० लाख ५४ हजार २ सय ४ बजेट विनियोजन गरिएको छ । कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले प्रस्तुत गर्नुभएको निती, बजेट तथा कार्यक्रम भौतिक पुर्वाधरको विकास, स्वास्थ्य, शिक्षा, वातावरण, वृक्षारोपण लागानी गरि सामाजिक विकास लक्षित कार्यक्रमको माध्यमबाट लक्षित वर्गको सहभागिताबाट नै सामुदायिक विकासमा सहयोग धार्मीक सम्पदा मठ मन्दिर तथा गुम्बाहरुको संरक्षण र सम्वद्र्धनका साथै विकासलाई प्राथमिकतामा राखिएको छ ।


त्यस्तै मानव अधिकार, एकल महिला, जेयष्ठ नागरिक र आपङ्गता भएका व्यक्तिहरुको संरक्षण, प्रोत्साहन, सम्मान र शसक्तिकरण, सार्वजनिक सेवा प्रवाहमा सुधार, सरकारी–सहकारी–स्थानिय निकाय र निजी क्षेत्रको साझेदारीमा सहकार्यबाट कृषि क्षेत्रको विकासलाई पनि प्राथमिकतामा राखिएको कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले जानकारी दिनुभयो ।कार्यक्रममा नेपाली कांग्रेशका महामन्त्रि नवलपरासी क्षेत्र नम्बर १ का सांसद शसांक कोईरालाले दिर्घकालिन योजना बनाउनु पर्ने बताउनुभयो ।


साथै उहाँले नवलपरासीमा अत्यधिक दुर्घटना हुने भएकाले एउटा अस्पताको आवश्यकता रहेको जोड दिनुभयो । र त्यो गैँडाकोटमा नै बनाउन पनि सकिने बताउनुभयो ।
कार्यक्रममा बोल्ने वक्तहरुले विकास निमार्णमा जोड दिएका थिए । उनिहरुले विनियोजित बजेटको सहि सदुपयोग गर्नुपर्ने आवाज उठाएका थिए ।
 
Top