साउदी अरबमा यी १० अपराधको हुँदैन माफी, मृत्युदण्ड निश्चित
साउदी अरबमा पछिल्लो वर्ष १ सय ५३ मानिसलाई मृत्युदण्ड दिइयो । यहाँको कडा कानूनका अनुसार हत्या, लागुऔषध, बलात्कार र डकैंतीजस्ता अपराधमा यस्तो सजायँ दिइन्छ । एम्नेष्टी इन्टनेशनलका अनुसार सन् २०१६ मा मृत्युदण्ड पाउनेको संख्यामा पछिल्लोको तुलनामा कम छ ।
– सन् २०१५ मा १ सय ५८ लाई मृत्युदण्ड दिइएको थियो जबकी यो वर्ष १ सय ५३ लाई दिइएको छ ।
– सन् २०१५ को सुरुवातमा ४७ मानिसलाई आतंककारीको संज्ञा दिँदै मृत्युदण्ड दिइएको थियो ।
– यसमा शिया धर्मगुरु निम्र अल निम्र पनि थिए जसका कारण इरानमा निकै विरोध भएको थियो ।
– यसका साथै सजायँ पाउनेमध्ये धेरैजसो हत्या र लागुऔषध कारोबारमा संलग्न थिए ।
– यी मध्ये धेरैलाई मानिसको भीडबिच शिर छेदन गरी मृत्यु दण्ड दिइयो ।
– एम्नेष्टीको युकेमा पोलिसी हेड अल्लान होगार्थका अनुसार साउदी अरबमा न्यायको धज्जी उडाउने गरिएको छ ।
– होगार्थ भन्छन्, ‘मृत्युको सजायँ सधैं क्रुर र अनावश्यक हुने गर्दछ तर साउदीको न्याय प्रणलीमा निष्पक्ष ट्रायल सिस्टमको कमी छ ।’
– उनका अनुसार साउदीको अदालतले यति धेरै मानिसलाई मृत्युदण्डको सजायँ तोक्नु निकै भयानक विषय हो ।
अपराधः इशानिन्दा वा जादुटुना
सजायँः मृत्युदण्ड
अपराधः राजद्रोह, आतंकवाद
सजायँः मृत्युदण्ड
अपराधः बलात्कार वा समलैङ्गिकता
सजायँः मृत्युदण्ड
अपराधः जानेर वा नजानीकन गरिएको हत्या
सजायँः मृत्युदण्ड
अपराधः रक्सी पिउनु
सजायँः मृत्युदण्ड
अपराधः विवाहपछि अन्य व्यक्तिसँग शारिरिक सम्बन्ध
सजायँः ढुङ्गाले हानेर हत्या गर्नु
अपराधः विवाह पूर्वको शारिरिक सम्बन्ध
सजायँः १०० कोर्रा
अपराधः चोरी र लुटपाट
सजायँः दायाँ हात काट्ने
अपराधः चोरी र लुटपाटसँगै हत्या
सजायँः मृत्युदण्ड
अपराधः लागुऔषध कारोबार र प्रयोग
सजायँः कोर्रा हान्नेदेखि मृत्युदण्डसम्म
