माडी । माडी नगरपालिका–१२ बाँदरझुला बस्ने वर्ष ३६ को रामलाल रोडाको हत्या भएको छ ।
घरायसी विवादको कारण तत्काल आवेगमा आई माडी नगरपालिका–१२ बस्ने वर्ष ३० को सानो रूम्बा र निजको श्रीमती वर्ष २८ की ईन्द्रमाया चेपाङ मिलेर धारिलो हतियार (बसिला) प्रयोग गरी १९ गते बेलुका हत्या गरेको प्रहरीले जनाएको छ । निजको लाश घटनास्थलदेखि अन्दाजी ७०० मिटर दक्षिणतर्फ लाश पुर्न खाल्डो समेत खनी पतकरले लुकाएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवत्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
पतकरले लुकाएको अवस्थामा फेला पारी लाश जाँच मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको धारिलो हतियारसहित दुबैजनालाई प्रहरीले बुधबार नै गिरफ्तार गरेको छ ।
 
Top