मोतिहारी – बिहार प्रहरीले गत नोभेम्बर २० मा कानपुरको पुखराया नजिक भएको रेल दुर्घटनामा आइआएसइको योजना रहेको दाबी गरेको छ ।

मोतिहारीका एसपी जितेन्द्र राणाका अनुसार घटनामा पक्राउ परेका तीन आरोपीले यसको खुलासा गरेका हुन् ।

सोधपुछको क्रममा कानपुर रेल दुर्घटनाका मास्टर माइन्ड दुबाईमा रहेका नेपालका व्यवसायी शम्शुल होदा हुन् ।

उनलै यसको योजनाको फिडिङ गरेका थिए । उनै होदा आइएसआइ र घटना घटाउनेहरुबीच सूचना आदनप्रदान गर्थे ।

२० नोभेम्बरमा भएको कानपुर ट्रेन दुर्घटनामा पटना–इन्दौर एक्सप्रेसको ट्रेन रेलको लिकबाट उत्रिएको थियो । यसमा १५० भन्दा बढीको मृत्यु भएको थियो ।
 
Top