चितवन मालपोतमा दुई विचौलिया पक्राउ
भरतपुर,२३ पुस । सेवाग्राहीसँग बढी शुल्क लिई विचौलियाको काम गरेको आरोपमा शुक्रबार प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । मालपोत कार्यालयमा विचौलियाको काम गरेको भन्दै भरतपुर उपमहानगरपालिका–१२ का ३५ वर्षीय सन्दीप लामा र भरतपुर–१४ का ४६ वर्षीय रामप्रसाद पाठकलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूले कार्यालयमा आएका सेवाग्राहीसँग बढी शुल्क लिई काम गरेको पाएपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।
