२६ चैत ।
तस्करले चलाएको गोली लागेर गएराती चितवनमा एउटा गैंडा मरेको छ । अज्ञात समुहले गैंडा मारेर खाग चोरी गरी फरार भएको जानकारी प्राप्त भएको छ ।गैंडा संरक्षणमा विश्वमै उत्कृष्ट बनेको चितवन राष्ट्रिय निकुञ्जकै सामुदायीक वन क्षेत्रमा तस्करले चुनौती दिंदै गैंडा मारेर खाग चोरी गरी फरार समेत भएको हो । चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत हरियाली सामुदायीक वन भित्र अज्ञात समुहको गोली प्रहारबाट गैंडा मरेको स्रोतले जनाएको छ ।
लगातार तिन वर्ष शुन्य चोरी शिकार मनाउन सफल चितवनमा गैंडा मारीएको मात्र नभइ खाग चोरेर भाग्न सफल भएको यो घटनाले निकुञ्जको सुरक्षा सर्तकतामा प्रश्न खडा गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले गत २०७३ माघ १४ गैंडा संरक्षणमा शुन्य चोरी शिकारको एक हजार दिन भव्यताका साथ मनाएको थियो ।त्यसको ४२ औं दिनमा नै तस्करले मौका गुमाउन नदिइ गैंडा मारी खाग चोरी गरेको हो ।
चितवन राष्ट्रिय निकुञ्जबाट हाल शुक्लाफांंटामा गैंडा स्थान्तरण भइरहेको छ ।
