काठमाण्डौ ।
हामी नेपाली बाहिरी  देशका गीत संगीतलाई अत्याधिक मन पराउछौ ।तर नेपाली गीतलाई कुन कुन देशका नागरिकले मन पराउछन ,के नेपाली गीत पनि गाउछन त् बाहिरी देशका कलाकारले ? भन्ने प्रश्न धेरै आउने गर्दछ ।यसको उतर दिएकी छिन इन्डोनेसियाकि एक महिला स्यानियाले । लामो समय देखि नेपाली गीत संगीत नामक पेज मार्फत लाइभ गीत गाउदै आएकी स्यानिया इन्डोनेसियाको भनेर पत्याउन धेरैलाई मुस्किल भयो तर बिस्तारै बिस्तारै स्यानिया इन्डोनेसियाकै नागरिक हुन् भन्ने प्रमाणित भएको छ । चिन क्षेत्री द्वारा संचालित पेजमा चिन क्षेत्रिलेनै स्यानियालाइ एडमिन दिएका थिए  । नेपाली गीत गाउँन सिकाउदै आएका चिन भन्छन “बरु नेपालीले स्यानियाले जतिको गाउन सक्दैनन् त्यो भन्दा दोब्बर खुबी स्यानियाको छ ,साहेद नेपाली गीत संगीतलाई त्यति मन पराउन्नथिन भने स्यानियाले एति मिठो गाउन सक्दिनथिन” ।३ महिनाको अथाक प्रयास पछी अहिले दैनिक जसो लाइभमा आएर गीत गाउँछिन ।दैनिक लाखौले उनले गएको गीत हेर्ने गरेको पाइन्छ ।तर अझै स्यानियाको बारेमा त्यति जानकारी लिएको देखिएन मिडियाले । स्यानियालाइ हार्दिक शुभकामना व्यक्त गर्दछौ
 
Top