राज कुमार देवकोटा ,चितवन,नेपालनेपाली सुगम संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका राजेन्द्र बजगाईंले पछिल्लो समय थोरै आफ्नो संगीतको स्वादमा परीवर्त गरेका छन् । उनले गीत संगीतका अनुरागीहरुका लागि आफ्नो तर्फ बाट फरक दिने क्रममा यति बेला एक लोक दोहोरी गीत मार्फत बजारमा आएका हुन् ।
बिसेषगरी अहिलेको सांगीतिक क्षेत्रमा काँठ क्षेत्रको गीत संगीत बजारमा आउनुमा न्यून भैरहेको अवस्थामा राजेन्द्रले आफ्नै कला संस्कृति र मौलिक परम्परालाई सबै मिलेर जगेर्ना गर्नु पर्छ भन्ने उदेस्यले “गर्दिन म कसैको नि आश” बोलको गीत बजारमा ल्याएका हुन् । प्रस्तुत गीतमा राजेन्द्र बजगाईं र अनिता ओलीको मन छुने स्वर लहरी सजिएको छ भने यस गीतलाई लय राजेन्द्र स्वयम्ले भरेका छन् र शब्द सिर्जना रुद्रराज कंडेलको रहेको छ ।
युट्युबमा अपलोड भएको छोटो समयमा नै अत्याधिक श्रोता तथा दर्शकहरुको माया पाएको बिन्ध्यबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको “गर्दिन म कसैको नि आश” बोलको गीतको म्युजिक भिडियोमा चन्द्र , आर्यन , दिनेश र स्नेरिती को अभिनय रहेको छ । भिडियोलाई लोक दोहोरी स्वाद भन्दा आधुनिक गीत संगीतको स्वाद बाट अशंख्य दर्शकहरुको मन जित्ने प्रयास गरिएको छ । मुकेश हुमागाईंको छायांकन गायक राजेन्द्र स्वयम् को निर्देशन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ भने यस गीतको म्युजिक भिडियोका कोरियोग्राफर रबिन शंकर रहेका छन् ।