चितवन वास्तवमै रहरलाग्दो सुन्दर पर्यटकिय नगरी हो । नेपालका प्रमुख पर्यटकिय गन्तव्य मध्ये निर्विवाद चितवनको नाम जो कोहीले पनि लिने गर्दछन् ।मध्य नेपालमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाले सम्पन्न चितवन कृषि, शिक्षा, स्वास्थ्यका साथै पर्यटकीय दृष्टिले अग्रस्थानमा रहेको पाईन्छ । आदिवासी तथा विभिन्न जिल्लाबाट आएका व्यक्तिहरुको साझा फूलवारी चितवन विशिष्ट विशेषताको कारण बसोवासको लागि आकर्षणको केन्द्र बनेको छ ।



आन्तरीक तथा वाह्य पर्यटकहरुको लागि महत्वपूर्ण गन्तव्य सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्धारको रुपमा परिचित रहेको छ । भरतपुरदेखि करिव १८ किमीपूर्व–दक्षिण अवस्थित यस क्षेत्रमा बाघमारा सामुदायिक वन तथा निकुञ्जमा हात्तीसयर, राप्ती नदिमा हात्तिसागै नुहाउने एवम् डुङ्गासयर, थारु सांस्कृतिक संग्राहलय तथा जैविक सूचना केन्द्र अवलोकन, हात्ती प्रजनन केन्द्र एवम् गाउा भ्रमण जस्ता क्रियाकलापहरुबाट पर्यटकहरुले मनोरञ्जन प्राप्त गर्ने गरेको पाईन्छ।

नेपालको पहिलो निकुञ्ज तथा दुई ठुला नदी नारायणी र राप्तीले तीनतिरबाट घेरिएको सुन्दर टापुको रुपमा अवस्थित पयर्टकीय आकर्षणको केन्द्र बिन्दु मेघौली उदाउँदो गन्तव्य स्थलको रुपमा परिचित छ । निकुञ्जको स्थापना गर्नु अगाडिनै विस २०२२ साल देखि नेपालमै सर्वप्रथम जंगल सफारीको शुरुवात गर्ने टाइगर टप्स जंगल लजको प्रवेशद्धार मेघौलीमा ८ वटा सामुदायिक वनहरु, थारु सांस्कृति संग्राहलय, २५ किमि दुई नदीले घेरिएका किनारहरु, डुङ्गासयर तथा र्याफ्टिङ्ग, चरा अवलोकन अन्तर्राष्ट्रिय हात्तीपालो प्याराजम्पीङ्ग, जातजातिका सांस्कृतिक झलकहरुले प्रख्यात मानिन्छ ।
2
नारायणी र राप्ती दुई विशाल नदिको संगमस्थल गोलाघाटमा साँझपख देखिने सूर्यास्त दृश्यावलोकनले पर्यटकहरुलाई अविस्मरणीय प्राकृतिक दृश्य प्रदान गरेको छ । देवघाटधामदेखि त्रिवेणीधामसम्मको धार्मिक पर्यटकीय जलयात्रामा बास बस्नुपर्ने यस स्थलमा आरामदायी रिर्सोट होटल, लज तथा थारु सामुदायिक होमस्टेमा सुविधा सम्पन्न बसोबासको व्यवस्था छ ।

चितवन राष्ट्रिय निकुञ्जभित्र पटिहानी गाविस देखि २ किमि दक्षिणमा अवस्थित कसरा धार्मिक स्थल विक्रम बाबा तथा गोहि प्रजनन केन्द्रको रुपमा प्रख्यात मानिन्छ । चैतें दशैंमा १५ दिन सम्म लाग्ने मेला धार्मिक एवम् मनोरञ्जनको दृष्टिले यस क्षेत्रको धेरै व्यक्तिहरु आन्तरिक पर्यटक ले भ्रमण गर्दछन् । राणाकालमा निर्माण गरिएको भवनमा राखिएको आखेटोपहार संग्राहलय, दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी, सर्प, अजिङ्गर, पुतली, गैंडा, हात्तीका अस्थिपञ्जरहरु अवलोकन गर्न पाईन्छ । यसैगरी यस क्षेत्रमा रहेका ताल तलैया विभिन्न प्रजातीका माछा, उभयचर जीव तथा दुर्लभ वन्यजन्तु अवलोकन गर्न सकिन्छ । गोहि प्रजनन केन्द्र अवलोकन गर्न ठुलो साख्यामा बाह्य पर्यटकहरुको आवगमन देखिन्छ ।

भरतपुरदेखि करिब ६ किमि पूर्व दक्षिणमा बरण्डाभार जंगलभित्र रहेको बिस हजारी ताल विश्व रामसार सुचिमा सुचिकृत भएको प्रख्यात गन्तव्य स्थल हो । विभिन्न राष्ट्रबाट बसाइसराई गरी आउने मौसमी चराहरुको आश्रय स्थल यस तालमा गोहि, माछा, अंजिङ्गर पाइन्छ । त्यसैगरी गैंडा, हरिण, रतुवा, बाँदर, पाटेबाघ समेत देख्न पाइन्छ ।
3
आन्तरिक पर्यटक आकर्षण गर्ने उद्देश्यले निर्माण गरिएको सेड सहितको पिकनिक स्पोट, स्वीमिङ्ग पुल, ऐतिहासिक कंकाली कोट, मन्दीर घना जंगल, चराचुरुङ्गी आदि यस क्षेत्रका आकर्षक सम्पदा हुन । नारायणगढ बजारदेखि ८ किमि पश्चिममा करिब २०८ हेक्टर क्षेत्रफल ओगेटेको ज्ञानेश्वर सामुदायिक वन नयाँ पर्यटकीय गन्तव्य स्थलको रुपमा विकसित भैरहेको छ । दुर्लभ एकसिङ्गे गैडा, हरीण, बादेल जस्ता वन्यजन्तु एवम् चराचरुङ्गी अवलोकन गर्न सकिने यस क्षेत्र पिकनिक स्पोटको रुपमा प्रख्यात छ ।

महाभारत पर्वत श्रृंखला अन्तरगत चितवन जिल्लाको सबैभन्दा अग्लो ९१९४६ मि स्थान सिराइचुली जानको लागि पृथ्वी राजमार्गको हुग्दीबाट ५ घण्टाको पैदल यात्रामा चेपाङ्ग, होम स्टे भएको हात्तीवाङ्ग हुँदै पुग्न सकिन्छ । त्यसैगरी दक्षिणतर्फ चितवन चेपाङ्ग पहाडी पदयात्रा मार्गको मूख्य प्रवेशद्वार शाक्तिखोरबाट ज्यान्डालाको उकालो हुँदै करिब ७ घण्टाको पैदलयात्राबाट पुग्न सकिन्छ । सुर्योदय हेर्ने रमणीय स्थल सिराइचुलीबाट हिम श्रृंखला, लालिगुराँसको जंगल, चेपाङ्ग बस्तिहरु, चितवनको समथर फाँट आदि देख्न सकिन्छ । आदिवासी चेपाङ्ग, जातिको परम्परा मौलिक संस्कृति, भेषभूषा तथा सुन्दर पहाडी क्षेत्रमा दुर्लभ चराहरु अवलोकन गर्न सकिने यहि क्षेत्रमा २५५ वर्ष पहिले पृथ्वीनारायण शाहका नाती शत्रुभञ्जन शाहबाट निर्माण गरिएको ठूलो किल्ला उपरदाङ्गगढी पनि ऐतिहासिक गन्तव्य स्थलको रुपमा रहेको छ । वि।सं। २०१६ सालसम्म चितवन जिल्लाको सदरमुकाम रहेको यो प्राचिन क्षेत्रमा जंगल सफारी र र्याफ्टिङ्गका लागि आउने पर्यटकलाई ट्ेरकिङ्गको अनुभव प्रदान गर्न सकिन्छ

शान्ति र आधात्मिक उन्नयनको लागि अति महत्वपूर्ण यस क्षेत्रमा नदि, हरिया पहाडहरुका सुन्दर परिदृश्य लगायत जैविक विविधता अवलोकन गर्न पनि पाइन्छ । हिमवत्सखण्ड नेपाल महात्म्यमा उल्लेख भए अनुसार देवताका पनि देवता महादेव शंकर आफ्ना गणहरुका साथ यहाँ बस्नुहुन्थ्यो त्यसैले यसको नाम देवती रहन गएको जनविश्वास छ ।

गलेश्वर आश्रम चक्रेश्वरशिला, सीता गुफा, वशिष्ट गुफा, हरिहर मन्दिर, महेश सन्यास–आश्रम, राम मन्दिर यज्ञशाला, कठस्तुप, सिद्धि गणेश, गोपिधाम, सुर्यकण्ड जस्ता पवित्रस्थल रहेको देवघाट क्षेत्रमा पशुपतिनाथको दर्शन गर्न आउने हिन्दु धर्मावलम्बीहरुलाई वा भारतीय पर्यटकलाई आकर्षण गरि जलमार्गबाट गोलाघाट हुँदै त्रिवेणी धाम वाल्मिकी आश्रमसम्म पुर्याउन सके यसले पर्यटकको चितवन बसाई अवधि बिस्तार गर्न सकिन्छ ।

त्रिवेणीधाम देखि करिब २ कि। मी। पूर्व चुरे पर्वतमा जंगलभित्र रामायणकालिन वाल्मीकि आश्रम रहेको छ । द्धापरयुगमा निर्वासित सीताले लवकुशलाई जन्म दिएको वाल्मीकि ऋषिले ध्यान गरेको लवकुशलाई शिक्षा दीक्षा दिएको, सीता पाताल प्रवेश गरेको धार्मिक जन विश्वास रहेको यस पवित्र धार्मिकस्थल अयोध्या, जनकपुर, सेतुबन्धन, लुम्बिनी जस्ता समकालिन क्षेत्र भन्दा संरक्षण र प्रर्वद्धनको दृष्टिले पछि परेको छ ।पुरातात्विक, धार्मिक, तथा इतिहासिक महत्व वोकेको यस क्षेत्रमा कुादिएका ठुला ढुङ्गाहरु तथा शिलालेखहरु प्रशस्त पाइनछ् ।

माडीको रेवा नदीको दक्षिणमा रहेको सोमेश्वर पर्वतको पश्चिमतर्फको अन्तिम शिखरमा परशुराम कुण्ड रहेको छ । रामनवमी पर्वमा ठुलो मेला लाग्ने यो पवित्रस्थल कुण्डको नजिकै गोद्धक पर्दछ । जहाँ ६ दिन सम्म चैते दशैमा मेला लाग्दछ ।

वगौडा गाविस वडा नं ९ मगुई खोलाको शिर छरछरेबाट ४ घण्टाको ट्रेकिङ्गमा पुगिने सोमेश्वर पर्वत हाइटबाट मनोरम सुर्योदय देख्न सकिन्छ । सोमेश्वर कालिकामा पुजा गर्न, छरछरेमा लाग्ने एकादशी मेला हेर्न विभिन्न स्थानबाट दर्शनार्थी आउने गर्दछन् ।

त्रिवेणी चितवन जिल्लाको दक्षिण–पश्चिम भागमा नेपाल भारत सीमाना नजिकै पर्दछ । नारायणी नदी, सोना नदी र तमोसा नदीको संगमको रुपमा रहेको हुनाले यसलाई त्रिवेणी भनिएको हो । यो हिन्दूहरूको महत्वपूर्ण तीर्थस्थलको रुपमा रहेको छ । सोना नदी र तमोसा नदीलाई सुवर्णभद्र र पूर्णभद्र पनि भनिन्छ । चुरे श्रृंखलाको सामिप्यमा पर्ने यस त्रिवेणीधाममा प्रत्येक वर्ष माघ महिनाको औासीमा भव्य मेला लाग्दछ । पााच–सात दिन अघिदेखि नै मेलाको तयारी हुन्छ । यहाँ स्नान गर्दा सम्पूर्ण पापबाट मुक्त हुन सकिन्छ भन्ने जनविश्वास रहेको छ । यहाा भारत, तिब्बत, सिक्किम, भुटानबाट समेत ठूलो संख्यामा तीर्थयात्रीहरू आउछन् । माघेसंक्रान्ति र चैते दशैंमा पनि यहाँ श्रद्धालु भक्तजनहरूको ठूलो उपस्थिति रहने गर्दछ ।

माडीको रेवा नदीको किनारमा रहेको पाण्डवनगरमा पाइने मूर्ति, पुरानो इनार तथा भग्नावशेषहरूले महाभारतकालको झझल्को दिन्छन । यस मन्दिरका पुजारी गुरौ छन् । चितवन माडी क्षेत्रको अयोध्यापुरी गा।वि।स। वडा नं ६ मा अवस्थित वैकुण्ठेश्वर महादेव मन्दिर नेपालका धार्मिक पवित्रस्थल मध्ये एउटा महत्वपूर्ण स्थलको रुपमा प्रमाणित भएको पाइन्छ ।

जगतपुरदेखि दक्षिण राप्ती नदी पारी चितवन राष्ट्रिय निकुञ्जभित्र जंगलमा एउटा रुखमुनि बिक्रमबाबाको पूजा गर्ने चलन छ । बिक्रमबाबा अर्थ शक्तिशाली एवम् साहसी अभिभावक भन्ने हुन्छ । बिक्रमबाबालाई थारुहरूले आफ्नो देवता मानी पूजा गर्छन् । थारु, कुमाल, दराइ जातिका मानिसहरूले सन्तान प्राप्त होस् भनी बिक्रमबाबाको पूजा गर्ने गर्छन् । हाल आएर सबै जात तथा समुदायका युवा–युवति, किशोर–किशोरीको बिक्रमबाबातर्फ आकर्षण बढ्न थालेको छ ।


 
Top