२ मंगलबार काठमाडौं ।
योगेश भट्टराई र रबिन्द्र अधिकारी नेकपा एमालेका युवा नेताका रुपमा ठुला कुरा गर्नेमा गनिन्छन् । जसरी काँग्रेसमा गगन थापा छन् । तर यिनको हैसियत भने गोकर्ण रिसोर्टमा देखिएको छ ।

संविधान निर्माण गर्न दिनरात खटिंदा समेत नभ्याउने अवस्था आइपुगेको बेलामा केपी ओलि खेमामा रहेका यि दुई युवा नेता पुराना बुढा नेतासँगै गोकर्ण रिसोर्टमा पुगेर जाँड पार्टीमा रमाएका छन् । त्यतिमात्र होइन यि नेता केपी ओलीको गितमा नाच्दै उफ्रिएका छन् ।

स्थायि कमिटि र पोलिटब्युरोमा आफ्नो बहुमत सदस्य छान्न सफल भएर होला केपीले राजधानीकै महंगो मध्येपर्ने गोकर्ण रिसोर्टमा पार्टी दिएका छन् । तर सम्झनुपर्ने कुरा के भने एमाले पार्टीको अध्यक्ष भएकै हैसियतमा राज्यबाट राज्यमन्त्री सरह सुबिधा पाउनुबाहेक यिनको एक सुकाको आम्दानीको श्रोत छैन ।

मंगलबारको राती एमालेका प्रमुख नेताहरु समेत गोकर्ण रिसोर्टको जाँड पार्टीमा देखिन्छन् । जहाँ टेबलभरी कुखरा र खुसीको मासुको सपेटाहरु प्लेटभरि देखिन्छन् ।

प्राप्त तस्विरहरुमा अध्यक्ष केपी ओलीले गित गाएको तथा युवा नेताहरु योगेश भट्टराई र रविन्द्र अधिकारी नाचेका देखिन्छन भने अन्य केहि नेताहरु मदिरामा मस्त देखिएका छन् । सरकारमा रहेर राम्रो छवि बनाएको मानिने लालबाबु पण्डित देखी सरकारका सर्वाधिक विवादीत गृहमन्त्री बामदेव गौतम समेत जाँडपार्टीमा सामेल देखिएका छन् ।


पोलिटव्युरो र स्थाईकमिटिमा आफुले भनेजस्तो नभएको र ओलीसँग बैमनस्यता रहेको भएरै होला माधव कुमार नेपाल भने जाँड पार्टीमा देखिएका छैनन । तर झलनाथ खनाल जो जसबाट अवसर पाइन्छ त्यसै ढल्कन थालेका छन् उनि ओली खेमाको पार्टीमा गित गाउँदै गरेको देखिन्छ ।


बधाई छ सर्वहारा पार्टी एमालेका नेताहरुलाई जो महंगो पाँचतारे रिसोर्ट पुगरे जाँडपार्टी गर्दै पुल खेल्ने सम्मको हैसियतमा पुगेछन् । अनी धन्य हामी जनता यिनलाई दोस्रो ठुलो पार्टी बनाइदिने भाग्यमानी भएकोमा कि कसो ?





 
Top