काठमाडौँ- भारत-पाकिस्तानबीचको तिक्ततापूर्ण सम्बन्धले १८ औँ सार्क सम्मेलन ओझेलमा परेका बेला बिहीबार सम्मेलनको अन्त्यमा दुवै देशका प्रधानमन्त्रीले हात मिलाएर सम्बन्ध सुधारको संकेत दिएका छन्। सम्मेलन उद्घाटनका बेला एक अर्कालाई गरेको बेवास्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाक प्रधानमन्त्री नवाज सरिफको आलोचना भइरहेको बेला सार्कको समापन सत्रपछि बिदाइ भेटमा दुवै प्रधानमन्त्रीले हात मिलाएका हुन्।