गत बर्ष रिलिज भएको फिल्म ‘नाई नभन्नु ल २’ सुपरहिट हुनुमा गीत सँगीतको ठुलो भुमिका रह्यो । फिल्ममा गायक प्रेम परियारको अवाजलाई चौतर्फि रुचाइयो र उनकै कारण कयौ दर्शक हलसम्म पुगे । यसरी एकाएक उदाएका बाल स्टारलाई उछिन्ने नेपाली प्रतिभा सायदै होलान । तर हालै सार्वजनिक फिल्म ‘लाटी’को एक गीतमार्फत प्रेमको जस्तै प्रतिभा र अद्भुत कला देखाएका छन एक बालकले ।
उनी हुन संयोग योगी । संयोग नेपाली सुगम सँगीत र शास्त्रीय सँगीतका अब्बल गायक शिशिर योगीका छोरा हुन । साँगितिक वातावरणमै हुर्किएका संयोगले फिल्म लाटीको सुनकोशीमा मुखै धुने बोलको गीतबाट आफ्नो अदभुत क्षमता देखाएका छन । हालै सार्वजनिक गरिएको फिल्मको गीतमा संयोगलाई खोट लगाउने कुनै ठाउ छैन । आयुश बिकको शब्द सँगीतमा उनी पर्फेक्ट देखिएका छन ।
फिल्म ‘लाटी’लाई राजबहादुर सानेले निर्देशन गरेका हुन । फिल्ममा सबिना कार्की, रिभल मल्ल ,जिके शर्मा, सुजल नेपाल ,सुवास गजुरेल, नेत्र बिस्ट लगायतको अभिनय देख्न सकिन्छ । शिशिर जय खरेल, त्रिलोचन सैजु, पुरुषोत्तम रिमाल र प्रकाश खत्रीको निर्माण रहेको यो चलचित्रमा चितवन र नवलपरासी आसपासका स्थानमा छायांकन गरिएको छ । फिल्ममा समावेश गीतले संयोगलाई दर्शक तथा स्रोतामाझ चिनाउने देखिएको छ ।
संयोगको अवाज रहेको लाटीको गीत :
