रत्ननगर । नेकपा एमालेबाट रत्ननगर वडा नंं.१४ का वडा अध्यक्षका उम्मेदवार हरिकुमार श्रेष्ठ स्थानीय तहको निर्वाचनको लागि भोट माग्न जनताको घरदैलोमा पुगेका छन । उनी रित्तो हात जनताको घरदैलोमा पुगेका छैनन् । साविक पिठुवा गाविस अन्तर्गत पर्ने हालको रत्ननगर वडा नं.१४ को विकासको मोडालिटी लिएर उनी जनताको घरघरमा पुगेका छन । श्रेष्ठले पिठुवामा मिनी रंगशाला निर्माण गर्ने,प्रविधिक शिक्षालय बनाउने र सडकको स्तर उन्नती गरी सबै सडक कालोपत्रे गर्ने लगायतका योजना लिएर जनताको घरदैलोमा पुगेका छन । श्रेष्ठ रत्ननगरकै जुझारु युवा हुन ।
लामो समय देखि राजनीतिमा क्रियाशिल श्रेष्ठकै नेतत्वमा पिठुवामा विकास निर्माणका कामहरु भएका छन । बर्षेनि खानेपानीको समस्या झेल्दै आएका पिठुवाबासीलाई सहज रुपमा खानेपानी पुर्याउन उनले ठुलै भूमिका खेलेका छन । श्रेष्ठकै पहलका अहिले पिठुवामा खानेपानी आयोजना बनेका छन । दिनभरी लाईन बस्दा पानी नपाउने पिठुवाबासीको अहिले घरघरमै पानी पुगेको छ । पिठुवामा अहिले अधिकाँस सडकहरु कालोपत्रे भएका छन । श्रेष्ठले रत्ननगरमा पहलकदमी गरेकै कारण अधिकाँसबाटाहरु कालोपत्रे भएको हो । २०५२ सालमा एमालेका संगठिन सदस्य भएर पार्टीमा सक्रिय राजनीति सुरु गरेका श्रेष्ठ तत्कालिन पिठुवा गाउँ कमिटीको अध्यक्ष हुदै रत्ननगर नगर कमिटीको उपाध्यक्ष सम्म बने ।
तत्कालिन अबस्थामा श्रेष्ठ पिठुवा गाविसको संयन्त्र सदस्य र त्यसपछि पार्टी प्रतिनिधिको रुपमा रहेर विकासको अगुवाई गरेका छन । उनी २०६२÷०६३ सालमा पिठुवा खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष भएर पिठुवामा खानेपानीको अभाव टार्ने काम गरेका हुन । अहिले श्रेष्ठ गुँरासफुल बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष समेत रहेको छन । स्थानीय तह निर्वाचनमा एमालेबाट वडा अध्यक्षको उम्मेदवार भईरहदा श्रेष्ठले पिठुवाको चौतर्फी विकासको लागि थुप्रै योजना अधिसारेका छन । भौतिक पूर्वाधार तर्फ मुख्यबाटहरुको स्तर उन्नती गरी कालोपत्रे गर्ने,तीन वटा माविमा भौतिक पूर्वाधार निर्माण गर्ने,वडा कार्यालयको भवन निर्माण गर्ने,जनजागृति माविमा स्नातक सम्म पढाई सुरु गर्न भौतिक पूर्वाधारको विकाससंगै शिक्षकको दरबन्दी बढाउन पहल गर्ने योजना श्रेष्ठले अघि सारेका छन ।
त्यसैगरी पिठुवाको विद्युत नपुगेका ग्रमिणबस्तीहरुमा विद्युतिकरण गर्ने,यहाँ रहेका दुई वटा सुकुमवासी बस्ती व्यवस्थापन गर्ने,युवाहरुलाई खेलकुदसंग जोडेर अनुसाशित तथा क्रियाशिल बनाउने,नगर स्तरीय प्रविधिक शिक्षालय निर्माण गरी सञ्चालनमा ल्याउने,रोजगारीको सृजना गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने,महिला तथा वालवालिकाको क्षमता अभिबृद्धि गराउन अभियान सुरु गर्ने,फोहोरको उचित व्यवस्थापर्ने गर्ने श्रेष्ठको योजना छ । वडा नं.१४ लाई नमुना वडा बनाउने मेरो योजना छ उनले भने मलाई विश्वास छ त्यो अबसर यहाँका जनताले मलाई प्रदान गर्नेछन । रत्ननगर १४ बाट वडा अध्यक्षका उम्मेदवार श्रेष्ठ सहित बासुदेब सापकोटा,संजित थापामगर,भूवनेश्वरी अर्याल र सुन्तली परिवार नगर सदस्यमा उम्मेदवार बनेको जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज विष्णु भण्डारी कट्टेलले जानकारी दिईन ।