फागुन ४ –चितवनमा पहिलो पटक आयोजना गएिको राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा विभागीय शसस्त्र प्रहरी एपिएफ विजयी भएको छ । एपिएफले आयोजक पद्मोदय युवा क्लब पटिहानीलाई २५–१७, २५–५, २५–१७ को सोझो सेटमा पराजीत गरेको हो ।
प्रतियोगिताको उद्घाटन केहिबेरमा एक भव्य समारोहकाबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले गर्नु हुने भएको छ । भरतपुर उपमहानगरपालिका–२७ पदमपोखरीको खेलमैदानमा भएको प्रतियोगिता ६ गतेसम्म चल्नेछ । प्रतियोगिता उद्घाटनमा आज वहान झाकीसहितको ¥याली निकाएको थियो ।
३ विभागीय टोली सहित पश्चिमाञ्चल, जाउलाखेल , सुदुरपश्चिमाञ्चल, पुर्वाञ्चल र आयोजक पद्मोदय युवा क्लब मध्यमाञ्चलको प्रतिनिधित्व गर्दै सहभागी भएका छन् । महाशिवरात्रिका अवसरमा वर्षेनी स्थानिय स्तर र जिल्लास्तरका प्रतियोगिता गर्दै आएको क्लवले यस वर्षदेखि राष्ट्रिय स्तरको प्रतियोगिता गर्न लागेको हो ।
पद्मोदय युवा क्लव चितवनले आयोजना गरेको राष्ट्रियस्तरको भलिबल प्रतियोगितामा प्रथम, दितिय, तृतीय र सान्तवना हुने टिमहरुले क्रमशः १ लाख ५० हजार, १ लाख, ५० हजार र २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

















