सन् २०१३ अप्रिल २५ मा The Himalayan Times को अनलाईन संस्करण प्रकाशित एउटा रिपोर्ट अनुसार हामी नेपाली ले जन्मदै १९,७४८ ने .रु ॠण थाप्लोमा बोकेर जन्मन्छौ । अनेकौ राजनैतिक आन्दोलन , जन-आन्दोलन र द्वन्द को कारण राज्य को अर्थतन्त्र लगभाग चक्नाचुर भएको छ । राजनैतिक नेतृत्व को असफलता र कमजोर इक्षाशक्ती का कारण मुलुक सुडान जस्तै असफल राष्ट्र को सुची मा खडा हुने सम्भावना बढेको छ । राज्य ढुकुटी को अरबौं रकम खर्च गरेर दोश्रो पटक स्थापना गरिएको संविधान सभाले पनि मुलुक लाई संविधान दिन सक्ने हो वा होईन अनिश्चित छ । निर्धारित समयमा संविधान न आउने त लगभग पक्का भैसकेको छ । मुलुकमा गरिवी व्याप्त छ । हाल नेपालको आधा भन्दा बढी भुभागमा गरिवी उच्च छ ।उच्च पहाडी जिल्लाका केहि गा बि स हरुमा ७५ प्रतिशत सम्म नागरिक गरीब छन भने केहि नगरपालिका मा समेत ४५ प्रतिशत सम्म गरीब छन् । अझ काठमाडौं को कुरा गर्ने हो भने पनि कुल जनसंख्या को १० प्रतिशत गरीब छन । यही गरिवी को प्रतिफल स्वरुप त्रिभुवन । । विमानस्थल बाट दैनिक १५०० भन्दा बढी युवा खाडी लगायत मलेशिया मा अति न्युन ज्याला मा न्युन स्टार को काम गर्न जान बाध्य छन् ।
देश अनि परिवार को यस्तो चरम गरिवी को कारण विदेशिएका युवा हरु को अवस्था अत्यन्त दयनिय छ । झन खाडी को तुलना मा मलेशिया मा त नेपाली कामदार को अवस्था झन नाजुक छ । संचार माध्यम मा नेपाली ले विदेश मा दु:ख पाएका मृत्यु बाराण गरेका खबर दैनिक आँउछन । तर यसो भन्दै गर्दा कतिपय ठाँउ मा हामी आफ्नै कारण ले नि समस्या झेलिरहेका छौ । हाम्रो आफ्नै व्यवहारको कारण दु:ख पाउने को संख्या कम छैन । अन्य मुलुक को तुलना मा यो समस्या मलेशिया मा चर्को छ ।
नेपाल मा भएको घरखेत पनि साहुको मा बन्दगी राखेर परिवार अनि आफ्नो सुनौलो भविष्य को कल्पना गरेर विदेशिएका हामी कती जना आफ्नो परिवार अनि जन्म भुमिप्रती को जिम्मेवारी भुलेर सुरा अनि सुन्दरी मा भुलिरहेका छौं ।
दिन भरी गधा झैं जोतिएर कमाएको सम्पती एकैछिन को मोज मस्ती मा उडाइरहेका छौ हामी । घर मा बुढा बा अनि आमा गुन्द्रुक को झोल मा छाक टारिरहेका छ्न् । आकास मा जहाज उडेको देख्ने बित्तिकै " ए हवाइजहाज मेरो बाबा लाई छिटो ल्याइदे" भन्दै आगनमा उफ्रने सन्तानको आंङ मा नयाँ लुगा नपरेको वर्षौ भैसक्यो । अग्नी साक्षी राखी संगै जिउने मर्ने कसम खाएर भित्र्याएकी श्रीमती सासु ससुरा र सन्तानको पेट भर्न दैनिक ज्याला गर्न हिन्छिन । लाग्छ उनको ओठमा हांसो सकिएको छ ।
तर परिवार को जिम्मेवारी बोकेर कमाउन आएका हामी छोरा ,श्रीमान भने आफ्नै दुनियाँ मा मस्त छौ , त्यो पनि घर परिवार को माया मारेर । साथी भाइ ले उडाएका पैसा देख्दा लाग्छ , त्यो पैसा मा उनिहरु को कुनै पसिना बगेको छैन । दु:ख का साथ भन्नु पर्छ , मलेशिया मा रहेका वेश्यालय का प्रमुख ग्राहक भनेकै नेपाली हुन् । छुट्टी का दिनमा ति स्थानमा लाग्ने नेपाली हरुको मेलाले नै यो कुरा को पुष्टी गर्छ । कमाएको सम्पती त सकिन्छ नै यस्तो कृयाकलाप ले यौनजन्य रोग बोकेर गाँउ फर्कने सम्भावना पनि तेत्तिकै रहन्छ ।
नेपाल मा सबैभन्दा धेरै रेमिट्यान्स मलेशिया बाट जान्छ । तर मलेशिया मा हामिले कमाएको रकम को लगभाग आधा जसो रकम यहिं मोज मस्ती मै सकिएको छ । कती साथी हरु लाई घर पठाउन चन्दा उठाउनु पर्ने अवस्था छ । नेपाली काम दार लाई नै लक्षित गरी धेरै बार रेस्टुरेन्ट र मिनी क्यासिनो हरु खुलेका छन् । गल्ली गल्ली मा पाइने सुन्दरी हरु को त कुरै नगरौं ।
म संगै काम गर्ने धेरै साथी हरु को अवस्था पनि त्यस्तै छ । महिना भरी काम गरेर कमाएको पसा फोन र तरुनी मा सिध्याउछ्न् धेरै साथी हरु । सर्लाही घर भएका म संगै काम गर्ने एक जना साथी महिना को २००० RM सम्म कमाउ थे , तर उनि यस्तो कुलत मा फसे कि उनि त्यो बाट उम्कनइ सकेनन् । दुइ सन्तान का बाउ ति साथी दिनभरी काम गरेर राती रक्सी र तरुनी को खेती मा लाग्थे । मलेशिया आएको सुरुवाती केहि महिना मा केहि रकम घर पठाए पनि पछिल्लो समय मा उनि घर परिवार को सम्पर्क बाट टाढा भए । काम मा पनि नियमित न आउने र कार्यक्षेत्र मै रक्सी पिएर आउन थाले पछी उनलाई कम्पनी ले नेपाल डिपोट गर्यो । चन्दा उठाएर उनलाई नेपाल पठाइयो । त्यस्तै मोरङ्ग घर बताउने राइ थर का एकजना मेरा रुम पार्ट्नर दैनिक घण्टौं फोन मा बात मार्छन नेपाल मा । कमाएको रकम खान र फोन खर्च मै सकिन्छ उनको पनि ।
यि त प्रतीनिधी घटना मात्र हुन । हामी कमाउन आएका नेपाली धेरै को दुहुनु गाइ भएका छौं । त्यसैले हरेक पाइला पाइला मा सोचेर अगाडी बढ्नु पर्छ । त्यसो त मनोरन्जन नै गर्न हुन्न भन्न खोजिएको होईन । तर हरेक कुरा को मात्रा र समय हुन्छ । काम ,मनोरन्जन र आराम मानव जीवन को आवश्यकता हो । तर मनोरन्जन को नाम मा हामिले हाम्रो जिम्मेवारी बिर्सनु हुँदैन । परिवार का सदस्य का आँखा बाट आँसु झारेर गरिएको मस्ती ले भोली हामी आफैलाई पोल्ने छ ।